Friday, September 2, 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष बाहेक सर्लाही जिल्ला कार्यसमितिका ५ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा समाहित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र १७

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जिल्ला कार्यसमिति सर्लाही केपी ओली नेतृत्वको नेकपा एमालेमा समाहित भएको छ।

    नेकपा एमाले जिल्ला कार्यसमिति सर्लाहीले शुक्रवार सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत समाजवादी पार्टीका अध्यक्ष बाहेकका जिल्ला कार्यसमिति सर्लाहीका पदाधिकारीहरु पुनः एमालेमै फर्केका छन् । 

   समाजवादी पार्टीका बरिस्ठ  जिल्ला उपाध्यक्ष देबेन्द्र यादव, सचिव गाविन्द अधिकारी, संगठन विभाग प्रमुख एवं  हरिवन नगरकमिटी अध्यक्ष चुडामणि वाग्ले,केन्द्रीय परिषद सदस्य रुपनारायण सिंहसहित प्रदेश कमिटीका सदस्यहरु,जिल्ला सचिवालय तथा कमिटीका १२५ जना सदस्यहरु,विभिन्न जनवर्गीय संगठनका केन्द्रीय सदस्य,जनवर्गीय संगठनका विभिन्न पदाधिकारी एवं सदस्यहरु गरि सहित ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्केर समाहित भएका छन् ।स्थानीय तहसम्म समायोजनको प्रकृया जारी रहने पार्टीले जनाएको छ।

     एमालेमा समाहित भएका समाजवादीका टिमलाई एमाले केन्द्रीय कमिटी सदस्य एवं  जिल्ला ईन्चार्ज कमलादेवी महताे, मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त, पुर्वमन्त्री बद्री न्याैपाने, संविधानसभा सदस्य हरि उप्रेती, जिल्ला अध्यक्ष राजनारायण साह लगायतले अबिर र टीका लगाएर  एमालेमा स्वागत गरेका थिए ।  

     सर्लाही जिल्ला अन्तर्गतका २० वटै स्थानीय तहमा  रहेका एकीकृत समाजवादीका पदाधिकारीहरुलाई पनि एमालेमा समाहित गराउने नेता वाग्ले  बताउनुभयाे ।उहाँले उक्त कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा एकीकृत समाजवादी पार्टीलाई नेकपा माओवादी केन्द्रमा विलय गर्न आगामी निर्वाचनमा एउटै घोषणापत्र आउने एवं दुबै पार्टीको एकता संयोजन समिति बनाउने सहमति भएको समेत जानकारी गराउनुभयो।

No comments:

Post a Comment