Thursday, September 8, 2022

गोडैता IME लुटको घटनामा सोही बैंकका म्यानेजर पक्राउ




लोकतन्त्र समाचारदात----

सर्लाही २२ भाद्र 

     गत श्रावण ३१ गतेका दिन गोडैता नगरपालिका वार्ड नं. ८ सिसौटिया जाने बाटोमा अवस्थित IME लुटका घटनामा सोही IME का म्यानेजर सुभाष कुमार यादव पक्राउ परेको छ ।

      यादवलाई भाद्र १६ गतेनै जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । प्रहरीको अनुसंन्धानमा बाधा अवरोध पुरयाएको भन्दै निजलाई शान्ति बिरुद्धको कसुरमा पक्राउ गरेको प्रहरी उपरिक्षक प्रविण पोखरेलले बताए । SP प्रविण पोखरेलले भने IME तथा लाली गुरास संस्थाका म्यानेजर समेत रहेका सुभाष यादवले नै घटना घटाएको शंकाको आधारमा निजलाई नियन्त्रणमा लिई अनुसंन्धान गरि रहेका छौं ।

     लुट भएको एकदिन पहिला दैनिक आम्दानी र आर्थिक अभिलेख बमोजिम संस्थामा मौज्दात रकम मात्र ३९ हजार रहेको थियो । त्यस्तै आउनु पर्ने रकम समेत लिएर १ लाख मात्र IME मा मौज्दात हुन सकने प्रहरीको अनुसंन्धानमा देखिएपनि म्यानेजर यादवको भनाई अनुसार श्रावण ३१ गतेका दिन ९ लाख ५० हजार लुटेर लग्नु यो कुरा आफैमा शंकाको घेरामा रहेको छ । साथै म्यानेजरले IME को ५ लाख ५३ हजार ७ सय रुपैया आफु नजिकका केहि व्यक्तिलाई बिना कुनै लेखापढी गरि सापटी दिनु र सोको केहि दिनमै फिल्मी तरिकाले लुटको घटना हुनु यावत कुराहरु पनि लुटको घटना सुनयोजित रहेको हुन सक्ने शंकाको आधारमा म्यानेजर यादवलाई नियन्त्रणमा लिई सुक्षम अनुसंन्धान गरि रहेको SP पोखरेलले लोकतन्त्रलाई जनाएको छ । सत्यतथ्य केहि दिनमै बाहिर आउने वहाले बताउनु भयो  ।

No comments:

Post a Comment