Tuesday, September 6, 2022

मलंगवामा नेपाली काँग्रेसको क्षेत्र न-२ प्रतिनिधि सभा क्षेत्रीय भेला सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २१

  नेपाली काँग्रेसले सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा क्षेत्र नं-२ प्रतिनिधि सभा क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

   पार्टीको केन्द्रीय कार्यालयको निर्देशन अनुसार "जनताको साथ कांग्रेस "अभियान अन्तर्गत  केन्द्रीय सदस्य नेता दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो। पार्टीको संगठनलाई बलियो बनाउन र आगामी मंसिर ४ गते हुन लागेको  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि उमेदवारको टुँगो लगाउन भेलाको आयोजना गरिएको सर्लाही क्षेत्र न-२ का क्षेत्रीय सभापति कौशल किशोर रायले जानकारी दिएको छ।

    क्षेत्रीय सभापति रायको अध्यक्षतामा भएको उक्त भेलामा विशिष्ठ अतिथि पुर्व सांसद जंगीलाल राय,मनोज कुमार यादव ,पार्टीका नेता जवाहरलाल यादव,नेता अशोक खनाल   ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदारथ साह,बिनोद खनाल, कबिलासी नगरपालिकाका उपमेयर पुनम कर्ण,नेता विनय कुमार कर्ण,महाधिवेशन प्रतिनिधि राम प्रताप राय,वैधनाथ राय,नेता त्रिलोकेन्द्र यादव,कौडेना गापा अध्यक्ष रुपेश कुमार ,हरिपुर्वा नगरपालिकाकाको पुर्व मेयर सियाराम राय,किसान संघका नेता रामचन्द्र साह,प्रजातन्त्र सेनानी काशीनाथ अकेला, क्षेत्र न-२  का क्षेत्रीय प्रतिनिधि, वडा सभापति, प्रदेश 'क' र ' ख 'का कार्यसमिति सदस्य , क्षेत्रीय कार्यसमिति सदस्य,महाधिवेशन प्रतिनिधि लगायत काग्रेससँग आबद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

    भेलाको आयोजना मलंगवा न.पा-१० स्थित जिल्ला समन्वय समितिको सभाहलमा गरिएको थियो।

 




No comments:

Post a Comment