Saturday, September 17, 2022

आफ्नो क्षेत्रको विकास , समृद्धी र पिडितहरुको आवाज बन्न आफुले उमेदवारी दिन लागेको काँग्रेस नेतृ अनिता साहको भनाई

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १

     नेपाली काँग्रेसले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि नाम सिफारिस गरी पठाएपछि  सो क्षेत्रकै सबैभन्दा कान्छी उमेदमवार 

 काँग्रेस नेतृ अनिता साह निकै हर्षित भएकी छिन् । 

   आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य  निर्वाचनका लागि दलहरुले भोलि (असोज २ )र  पर्सी (३ गते)समानुपातिक  उमेदवार सदस्यहरुको बन्दसूचि बुझाउँदै छ।नेतृ साहले जनताको सेवा गर्ने आफ्नो ठूलो चाहना रहेको बताउँदै  पार्टीले बुझाउने बन्दसूचिमा आफ्नो पनि नाम पर्ने विश्वास  गरेकी छिन् । 

   आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने , पिडितहरुको अवाज बन्ने, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने युवा नेतृ साहले प्रतिबद्धता व्यक्त गरिन। उनले अब देश हाक्न युवाहरु सक्षम रहेकोले आफुले पनि उम्मेदवारी दिएको बताइन् ।

    क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को प्रदेश(क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ । 

     युवा नेतृ साह सांसद बने क्षेत्रमा सोचेभन्दा बढी विकास हुने उहाँ निकट नेता कार्यकर्ताहरुले बताएका छन् ।   शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको अवस्थामा दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौं ,स्थानीयहरुले भने।

पेशाले गृहणी भएपनि नेतृ साह विद्यार्थी रहँदाको समयदेखि नै  नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ । उहाँले ब्याचलर(स्नातक) तह सम्मको अध्ययन गर्नुभएको छ भने मास्टर डिग्रीको समेत तयारी गरिरहनुभएको छ। देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउनुहुँदै साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताउनुभयो । 

   साह चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी पत्रकार राकेश गुप्ताकी अर्धांगिनी हुनुहुन्छ ।


No comments:

Post a Comment