Sunday, September 4, 2022

कबिलासी नगरपालिकाका करार कर्मचारीहरुले दोस्रो पटक बुझाए ज्ञापनपत्र,सोमबार कार्यालयमा तालाबन्दी गर्ने

 





लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र १९

     सर्लाही जिल्लाको कबिलासी नगरपालिकाका करार सेवाका  कर्मचारीहरुले दोस्रोपटक ज्ञापनपत्र बुझाएका छन् । 

     यसअघि नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णय प्रति आपत्ती जनाउँदै उनीहरूले पहिलो पटक कबिलासी नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समिति ,कर्मचारी मिलन केन्द्र, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाई समस्याको बारेमा ध्यानाकर्षण गराएर चरणवद्ध रुपमा आन्दोलन सुरु गरेका थिए।सो क्रममा उनीहरू हातमा टाउकोमा कालोपट्टी बाँधेर नगरपालिकाको मुल गेट अगाडी  धर्नामा बसेका थिए।

     नगरपालिकाले गरेको उक्त निर्णयका कारण रोजगारी गुमेर  घरपरिवार चलाउन समस्या भएकोले उक्त निर्णयलाई सच्याएर पुनः म्याद थप गर्न भनि पटकपटक  नगरप्रमुख लगायत अन्य पदाधिकारीहरुलाई आग्रह गर्दा समेत कुनै सुनवाइ नभएपछि बाध्य भएर दोस्रोपटक ज्ञापनपत्र बुझाउनु परेको अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नगरपालिकाका अध्यक्ष गगनदेव राउतले बताए ।

    यस विषयमा  विभिन्न संघ संगठनहरुको रोहवरमा नगर प्रमुख,उपप्रमुख र प्रशासकीय प्रमुख सँग ३ चरणमा वार्ता हुँदा पनि आश्वासन मात्र पाएकोले भदौ १८ गते सनिवार बसेको कमिटीको बैठकको निर्णय अनुसार भोली(सोमबार) भदौ २० गते बिहान ११ बजे हातमा कालोपट्टी बाँधेर नगरपालिकाको भवनमा धर्ना बसेर अपराह्न ३ बजे पत्रकारहरुको रोहवरमा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको  कमिटीका अध्यक्ष राउतले जानकारी गराएको छ।

  इमानदारीपुर्वक काम गर्दै आइरहेको अवस्थामा पालिकाले एकाएक आफुहरुलाई हटाएर राजनीतिक र पैसाको चलखेल गरेर आफ्नो मान्छेलाई नियुक्ति दिने दाउपेच खेलिरहेको उनीहरुलेआरोप लगाएका छन् ।  सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने ठाउँमा रोजीरोटी खाेस्ने काम गरेको उनीहरूले गुनासो गरेका छन् ।


    

No comments:

Post a Comment