Tuesday, September 13, 2022

बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हाे, अफवाह फैलाए कारबाही हुन्छ : साइबर ब्युरो

 



सर्लाही,भाद्र २८

     नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ ।

   केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको छ ।

   ब्युरोले सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध पनि गरेको छ ।

   सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि धेरैतिर डर बढेको छ ।

       *जनकपुर टुडे




 


No comments:

Post a Comment