Tuesday, September 27, 2022
विश्व पर्यटन दिवस: नेपाल-भारत सिमा स्थित मलंगवा-सोनवर्षा बोर्डरमा भारतीय पाहुनाहरुको भब्य स्वागत
सर्लाही,आश्विन ११
गत दुई वर्षदेखि कोरोना तथा लकडाउनका कारण लगभग धारासायी बनिसकेको होटल तथा पर्यटन व्यवसायलाई उकासेर पुन: पुरानै धारमा ल्याउने उदेश्यका साथ सर्लाहीका होटल तथा पर्यटन व्यवसायीहरु "घुमौ मधेश,बुझौ प्रदेश "भन्ने नाराका साथ यस वर्षको विश्व पर्यटन दिवस मनाइरहेका छन् ।सोही क्रममा दिवसको पहिलो दिन मंगलबार बिहान जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा र मलंगवा न.पा वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालकाे अगुवाईमा जिल्लाका होटल व्यवसायीसहित विभिन्न निकायका विशिष्ट व्यक्तिहरु लगायत नेपाल र भारत दुवैदेशका संचारकर्मीहरु भारतबाट आएका अतिथिहरुलाई नेपाल प्रवेश गर्ने नेपाल-भारत सिमाक्षेत्र(दशगजा)स्थित भन्सार कार्यालय मलंगवा अगाडी खाँदा लगाएर मिठाई खुवाई भब्य स्वागत गरेका थिए।नेपाली भुमीमा प्रवेश गरे लगत्तै पाएको न्यानो स्वागतले भारतीय पाहुनाहरु दङ्ग परेका थिए।
गएको २ वर्ष अगाडी भिजिट नेपाल २०२० मनाउन भनि ठुलो लगानी गरेर तयारी अवस्थामा रहेका यहाँका होटल तथा पर्यटन व्यवसायीहरुलाई कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण तय गरिएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुपरेको थियो।जसले गर्दा उनीहरूलाई ठुलो आर्थिक मार सहनुपरेको थियो। तर यसवर्ष पहिलाको जस्तो अवस्था नरहेकोले मधेश प्रदेश अन्तर्गतआठ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरु "घुमौ मधेश,बुझौ प्रदेश "भन्ने नारा दिएर यसवर्षको पर्यटन वर्ष २०२२ मनाउन लागेको हो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment