Sunday, September 11, 2022

जसपालाई सर्लाहीमा ठुलो झटका, निवर्तमान जि.स.स प्रमुखसहित नगर तथा गाउँपालिका प्रमुखहरु एमालेमा प्रवेश

 

बखतियार अली---

सर्लाही, भदौ २६ गते 

    सर्लाहीका निवर्तमान जि.स.स प्रमुखसहित नगर तथा गाउँपालिका प्रमुखहरु एमालेमा प्रवेश गरेपछि जनता समाजवादी पार्टीलाई ठुलो झटका लागेको छ।ठुलो ओहोदाका नेताहरु एकैसाथ जसपाबाट केपी ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि उक्त पार्टीलाई ठूलो झटका लागेको हो।

     गत २०७९ बैशाख ३० गतेको स्थानीय चुनावमा जनता समाजवादी पार्टी, नेपालको टिकटबाट मलंगवा नगरपालिकाको मेयर पदमा चुनाव लडेका  निरसल साह नेकपा एमालेमा प्रवेश गरेका छन् । त्यस्तै जिल्ला समन्वय समिति सर्लाहीका पुर्व सभापति मेथुर चौधरी समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । पुर्व सभापति एवं जसपा नेता चौधरी २०७४ सालमा तत्कालीन राजपाको टिकटबाट जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा विजयी भएका थिए । 

  गएको स्थानीय चुनावमा मलंगवा न.पामा जसपाको टिकटबाट मेयर पदमा चुनाव लडेका पुर्व मेयर साहलाई नेपाली काङ्ग्रेसको उमेदवार एवं वर्तमान  मेयर नागेन्द्र प्रसाद यादव सँग  पराजय बेहोर्नु परेको थियो । २०७९ को चुनावमा जसपाबाट मेयरमा पराजय बेहेरोका साह यस अघि २०७४ को स्थानीय चुनावमा नेपाली काङ्ग्रेसबाट मेयरमा विजयी भएका थिए ।

   त्यस्तै सर्लाहीको पुर्वमा रहेको पर्सा गापाका पुर्व अध्यक्ष एवं जसपा नेता किसुनदेव राय यादव र कौडेना गापाका पुर्व उपाध्यक्ष सुनिता जयसवाल पनि एमालेमा प्रवेश गरेका छन् ।  पर्सा गापाका पुर्व अध्यक्ष यादव २०७४ को स्थानीय चुनावमा तत्कालीन फोरमबाट गापा अध्यक्षमा विजयी भएका थिए । भने कौडेना गापाका पुर्व उपाध्यक्ष एवं जसपा नेतृ सुनिता जयसवाल तत्कालीन राजपाबाट विजयी भएकी थिइन् । उनीहरु आइतबार एकैसाथ  नेकपा एमालेमा प्रवेश गरेका हुन । 

   नेकपा एमालेमा प्रवेश गरेका पुर्व जिसस प्रमुख चौधरी मलंगवा नगरपालिकाका निवर्तमान मेयर निरसल साह र पर्सा गाउपालिकाका पुर्व अध्यक्ष एवं जसपा नेता किसुनदेव राय यादव लगायतका नेताहरुलाई नेकपा एमाले केन्द्रिय कार्यालय काठमाण्डौंमा एक बिशेष कार्यक्रमको आयोजना गरि पार्टीका राष्ट्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फुलमाला अबिर लगाएर स्वागत गरेको छ ।

    जिल्लामा जसपाको पिलर नेता मानिने कविलासी नगरपालिकाका पुर्व मेयर कौशल किशोर यादव यसअघि नै  एमालेमा प्रवेश गरि सकेका छन्। यादव संगै जिसस सभापती चौधरी र मलंगवाका पुर्व मेयर निरसल साह लगायतका नेताहर जसपा छाडेर गएपछि पार्टीलाई ठुलो झटका लागेको छ । 

   जानकारहरुको भनाई अनुसार यसबाट जसपालाई सर्लाहीमा ठुलो घाटा भएको छ । नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह जिल्ला अध्यक्ष भए देखि सर्लाहीमा अरु पार्टी छोडेर एमालेमा प्रवेश गर्ने नेताहरुको संख्या दिनानुदिन बढदै गएको छ । यस्तै अवस्था रहने हो भने सर्लाही छिटटै लाल किलामा परणित हुने राजनीतिक पंडितहरु बताउछन् ।

No comments:

Post a Comment