Monday, September 12, 2022

हरिपुरमा पालिका स्तरिय नितिगत पैरवी तथा सल्लाहको लागि परामर्श तथा समन्वयात्मक अन्तरक्रिया सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २७

   UNDEF को आर्थिक सहयोग तथा साप नेपालको सहकार्यमा संचालित नेपालको स्थानीय सरकारमा लैंगिक उत्तरदायी तथा सुशासन प्रबर्द्धन कार्यक्रम अन्तर्गत पालिका स्तरिय नितिगत पैरवी तथा सल्लाहको लागि परामर्श तथा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सर्लाहीको हरिपुरमा सम्पन्न भएको छ।

   सोमबार सर्लाहीको हरिपुर नगरपालिका स्थित रेडक्रस सोसाइटीको सभाहलमा मुसहर महिला सशक्तीकरण मञ्च हरिपुरको आयोजना तथा नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यता तथा  मञ्चकी अध्यक्ष पल्टनिया देवी माझीको सभापतित्वमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा अध्यक्ष माझिले नगरप्रमुख पंजियारलाई  हरिपुरमा रहेको श्री महादेव जनता उच्च माविमा   कन्या छात्रावास संचालनमा रहेता पनि उक्त छात्रावासमा मुसहर समुदायका छात्राहरुको लागि कुनै व्यवस्था नहुँदा उनीहरू आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको जानकारी गराउँदै मुसहर समुदायका ४ जना छात्राहरुको लागि  उक्त कन्या छात्रावासमा बस्ने व्यवस्था मिलाइदिन अनुरोध पत्र बुझाएका थिए।

    कार्यक्रममा नगर उपप्रमुख निलम देवी यादव,वडा न-६ का वडाध्यक्ष प्रेम हरि श्रेष्ठ,पशु स्वास्थ्य संयोजक प्रमोद प्रसाद सत्याल,कृषि विकास शाखा प्रमुख अम्बिका मैनाली,साप नेपाल काठमाडौकी अर्चना चौधरी, विभिन्न वडाका वडाध्यक्ष लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा मुसहर समुदायको समस्याको बारेमा विशेषरुपमा चर्चा गरिएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जनाएको छ।

No comments:

Post a Comment