Monday, September 12, 2022

ट्रकको ठक्करबाट नयाँरोडमा एक जनाको घटनास्थलमै मृत्यु

 

 

              दुर्घटनामा परेको ट्रक                                           

लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २७

    सर्लाहीको हरिवन नगरपालिका वडा न-१० स्थित नयाँरोडमा सोमबार  मालवाहक ट्रकको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन न.पा वडा न-९ निवासी ५० वर्षीय रामचन्द्र रायमाझी रहेको छ।

   रायमाझीको सोमबार बिहान ४ बजे मोर्निङ वाकमा निस्किएको समयमा 

मिर्चैयाबाट हेटौंडातर्फ जाँदै गरेको गहँका बोराहरु लोड गरिएको ना ८ ख ८२६७ नम्वरको  ट्रकले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

     यो समाचार तयार पार्दा सम्म मृतक रायमाझीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको थियो।

   रायमाझीलाई ठक्कर दिएपछि उक्त ट्रकपनि अनियन्त्रित भएर पल्टिएको  थियो।ट्रकका चालक सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा न-९ बस्ने अन्दाजी वर्ष ३७ को ललित चौधरीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 


No comments:

Post a Comment