Tuesday, September 13, 2022

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने मलंगवा आउँदै,समर्थक तथा प्रसंसक युवाहरु उत्साहित

 

अजिता चाैधरी----                      सर्लाही २८ भाद्र 

      राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बिहिवार अथार्त २०७९/५/३० गते सर्लाहीको सदरमुकाम मलंगवा आउने भएको छ। 

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष लामिछाने बिहिवार जिल्ला कमिटी सर्लाहीले  आयोजना गर्न लागेको  बृहत् कर्याकर्ता भेलालाई सम्बोधन गर्न मलंगवा आउने भएको हो। अध्यक्ष लामिछानेको सदरमुकाम मलंगवामा रहेको बालमंदिरको प्रांगणमा सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सभापति कमलेश साहले लोकतनत्रलाई बताउनु भएको छ।

     पार्टीका केन्द्रिय अध्यक्ष लामिछाने पहिलो चोटी सर्लाही आउन लाग्नु भएको हो । सधै टेलिभिजनको पर्दामा र विभिन्न समाचारहरुमा मात्र देख्न पाएका लामिछानेलाई प्रत्यक्षरुपमा हेर्न  पाउने भए पछि युवाहरु निकै उत्साहित भएका छन् ।उहाँलाई प्रत्यक्ष हेर्न र उहाँको कुरा सुन्न जिल्लाभरीबाट हजारौंको संख्यामा समर्थक तथा प्रसंसकहरु मलंगवा आउने जिल्ला कमिटी अध्यक्ष साहले बताए।  कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको साहले जानकारी दिए।

     पार्टीका जिल्ला  सभापति साहका अनुसार देशको नेतृत्व अहिलेको अवस्थामा युवा जगतले लिनुपर्छ भन्ने चाहनाले प्रेरित युवा समुदायका ठुलो जमात सोहि दिन राष्टिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने समेत कार्यक्रम रहेको छ।पार्टी प्रवेश गर्ने सबैलाई राष्टिय अध्यक्ष लामिछाने आफैले माला र टीका लगाएर पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको पार्टीका मधेश प्रदेश प्रवक्ता संतोष प्रतिहस्तले जनाएको छ। 

No comments:

Post a Comment