Monday, September 5, 2022

सर्लाहीको हरिवनबाट कौडा(जुवा)खेलिरहेका १२ जना जुवाडे नगदसहित पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २०

     कौडा(जुवा) खेलिरहेको अवस्थामा नगदसहित १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान २ बजेको समयमा सर्लाहीको  हरिवन नगरपालिका वडा न-२ स्थित छाप्रोमा कौडा खेलिरहेका जुवाडेहरुलाई नगद रकमसहित पक्राउ गरेको हो ।

   पक्राउ पर्नेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा न-८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ ,सोही जिल्लाको औरही न.पा- बस्ने ३८ वर्षीय हरिनारायण महतो,हरिवन न.पा-२ बस्ने ४९ वर्षीय टीका प्रसाद घिमिरे,लालबन्दी न.पा-१ बस्ने चाँद खाँ,हरिवन न.पा-२ बस्ने ३० वर्षीय भिम लामा,कौडेना गाउँपालिका-२ बस्ने ५४ वर्षीय चुनिलाल चौधरी,हरिवन न.पा-१ बस्ने ३५ वर्षीय तेज बहादुर गोले,सोही ठाउँ बस्ने ५४ वर्षीय शंकर श्रेष्ठ,हरिवन न.पा-२ बस्ने ४० वर्षीय हरि पौडेल,सोही ठाउँ बस्ने ३४ वर्षीय मान बहादुर थिंग,पर्सा जिल्ला परसौनीभाठा न.पा-२ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह र धनुषा जिल्ला मिथिला विहारी न.पा-७ बस्ने ५९ वर्षीय ईश्वरी साह रहेको जिल्ला प्रहरी कार्यायल सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।

    हरिवन न.पा-१ स्थित एक छाप्रोमा केही ब्यक्तिहरु कौडा खेलिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा छापा मार्न गएका प्रहरी टोलीले उनीहरूलाई   २ लाख ७१ हजार ६ सय रुपैया नेपाली र २५० रुपैया भारतियसहित ४ पिस कौडा,४ पिस तास,२ बट्टा पाउडर,२ थान ओछ्याउने कार्पेट ,४ थान काठको तख्ता,१ थान हुक्का ,१ थान सानो इन्भर्टर र ८ पिस मोबाइल फोन  बरामद गरी नियन्त्रणमा लिएर  थप अनुसन्धान भइरहेको प्रवक्ता एवं डिएसपी यादवले बताएको छ।




No comments:

Post a Comment