Monday, September 12, 2022

सर्लाहीको लालबन्दीमा एन्टिस्नेक भेनम तथा बायोमेडिकल प्रयोगशाला निर्माण गर्न आयोजनाको काम सुरु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २७

  राष्ट्रिय स्वास्थ्य  तथा अनुसंधान परिषद द्वारा सर्लाहीको लालबन्दीमा संचालित एन्टिभेनम प्रोडक्सन  एण्ड रिसर्च सेन्टरको आयोजनाको काम सोमबारबाट सुरु भएको छ।

    आयोजनाको थालनी गर्नु पुर्व लालबन्दी नगरपालिकाको वडा न-६ मा रहेको रिसर्च सेन्टरको आयोजना कार्यालयमा सोमबार राष्ट्रिय स्वास्थ्य  तथा अनुसंधान परिषद,नेपाल स्वास्थ्य अनुसंधान परिषद र लालबन्दी नगरपालिकाको पदाधिकारीहरु बिच विभिन्न बुँदाहरुमा छलफल गरि निर्णय गरिएको छ।

   छलफलमा नेपाल सरकार ,नेपाल स्वास्थ्य अनुसंधान परिषद र राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसंधान परिषदको मिति २०२२ मार्च १० तारिखको सम्झौता अनुसार दुबै संस्थाको साझेदारीमा एन्टीस्नेक भेनम तथा अन्य बायोमेडिकल प्रयोगशाला निर्माण गरि सो सम्बन्धि अध्यन अध्यन अनुसंधान गर्ने समझदारी भएको र सोही प्रायोजनका लागि दुबै संस्थाको संयुक्त कार्यालय स्थापना गरि एन्टीभेनम प्रोडक्सन एण्ड रिसर्च सेन्टर नेपालको मधेस प्रदेश स्थित लालबन्दी नपाबाट कार्य प्रारम्भ गर्ने निर्णय गरिएको छ।

   निर्माण गरिने एन्टिस्नेक भेनम तथा अन्य बायोमेडिकल प्रयोगशालामा विभिन्न अध्यन अनुसंधानका लागि विभिन्न प्राविधिक सहयोगको आवश्यक्ता पर्ने हुँदा उक्त प्राविधिक सहयोग तथा सहकार्य नेपाल स्वास्थ्य अनुसंधान परिषदले राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसंधान परिषदलाई गर्ने र लालबन्दी नगरपालिकाले उक्त कार्यको लागि आयोजनाको हरेक क्रियाकलापमा समन्वय  र सहकार्य गर्ने समेत निर्णय गरिएको छ।

   सो बाहेक यस क्षेत्रमा फैलिएका रोगहरुको बारेमा समेत अध्यन तथा अनुसंधानमूलक कार्यक्रमहरु अगाडी बढाउने र आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको भ्रमण गरि अनुसंधानमूलक कार्यहरु अगाडी बढाउने साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरि आगाडी बढ्ने निर्णय गरिएको रा.स्वा.वि तथा अ.परिषदका निर्देशक उमेश कुमार बराले जानकारी दिए।

    छलफलमा रा.स्वा.वि तथा अनुसंधान परिषदका अध्यक्ष रेवती पन्त ,ने.स्वा.अ.परिषदका कार्यकारी प्रमुख डा.प्रदिप ज्ञावली,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.गुननिधी शर्मा,अनुसंधान अधिकृत डा.सुमन पन्त,लालबन्दी न.पा का प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमिल्सिना ,बिदुर प्याकुरेल तथा पत्रकारहरु लगायतको सहभागीता रहेको थियो।

  
   
   

No comments:

Post a Comment