Sunday, September 11, 2022

दुई वर्षदेखि देखि सटरको भाडा नतिरेका प्रादेशिक अस्पताल अगाडीका पसलेहरु माथि कार्यवाही गर्ने अस्पतालको तयारी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र २६

    मलंगवा नगरपालिका वडा न-८ स्थित रहेको प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको अस्पताल अगाडीको सटर भाडामा लिएर पसल संचालन गर्दै आएका व्यापारीहरुले दुईवर्षदेखि भाडा नतिरेकाले अस्पतालले उनीहरू उपर कार्यवाही गर्ने तयारी गरेको छ।

     अस्पतालको जग्गामा बनेका ती सटरहरुमा अधिकांश औषधि पसलहरु खोलिएका छन् भने केही खाद्यान्न पसलहरु रहेका छन् ।अस्पतालको आम्दानीको श्रोत समेत रहेको ती सटरको भाडा बापत उठेको रकमबाट अस्पतालको व्यवस्थापनमा खर्च हुने गरेको अस्पताल श्रोतले जनाएको छ।

    व्यापारीहरुलाई पटकपटक भाडा तिर्न भनी ताकेता गर्दा पनि कुनै सुनवाइ नगरेकाले अबको एक हप्ता भित्र भाडा बापतको सम्पूर्ण रकम नबुझाएको खण्डमा कडा कार्यवाही गर्ने अस्पताल श्रोतले बताएको छ।

No comments:

Post a Comment