Tuesday, September 6, 2022

जनताले राजनीति परिवर्तन चाहेको छ

 


सुवास कर्ण(शिक्षक)

मलंगवा,सर्लाही 



   पक्कै पनि राष्ट्र समाज जनताले राजनीति परिवर्तन गर्नै चाहेको हो ।   

       जनतामा सम्झदारी आउँदै छ राणा शासन देखि राजतन्त्र प्रजातन्त्र लोकतन्त्र को सफ़र गरेका जनताहरू हरेक शासन को अनुभव लाई आत्म मूल्यांकन गर्दै अब नयाँ तंत्र को शुरुवात गर्नु पर्छ भनेर बिना कुनै आन्दोलन कुनै नेताको लहल्है मा नलागेर शान्ति को नारालाई बुझ्दै राजनीति परिवर्तन को आफ्नो यात्रा शुरु गरी सकेका छन्। जसको उदारहण बन्न सफल भएका हर्क र बालेँन जी । 

    यही यात्रा को पाइला मा अर्को नया युग को उदयमान हुँदै छ त्यो हो सञ्चार जगत का प्रख्यात रवि जी।जनता ले के गर्लान् जनताको हाथ मा छ तर उहाँ को राजनीति यात्रा मा जनताहरू को सहभागिता देख्दा एउटा नयाँ आशा पलाएको छ कि जनता अब दारू मासु र पेट्रोल मा बिक्ने बाला छैन । जनता अब अलग पहिचान बनाउन चाहेको छ। राजनीति एउटा यस्तो तंत्र हो जहाँ कुरा र नीतिको कुनै ठाउँ छैन जसले जति बोली फेर्न सक्यो झुठा वाचा गर्न सक्यो त्यो नै सही कुशल राजनीति गर्न सफल भएको छ तर कृष्ण को भनाइ अनुसार सही सत्य को यात्रा ढिलो  र एकलै हुन्छ र बिस्तारै जब मानिस ले बुझ्न थाल्छ अनि परिवार बाद नाताबाद आफन्तबाद को यात्रालाई बिर्सेर हर्क बालेँन रवि जस्तो नेताको पहिचान गर्छ।

       हाम्रो देश को राजनीति वर्तमान सम्म परिवारवाद बाट बाहिर आउन सकेको छैन आउन दिएको छैन कार्यकर्ता हरु लाई मात्र हुलदंगा गर्न मा प्रयोग गर्दै आए तर राम्रा कार्यकर्तालाई अगाडि आउन दिएन ।कहिल्यै पनि राजनीतिमा नलागेका श्रीमती सन्तान लाई अगाडि बढाए तर अरु लाई हैन् ।जनता अब नयाँ पहिचान को खोज मा लागि सकेका छन् मात्र बाटो पारखी रहेका छ पार्टी नभए पनि स्वतन्त्र उम्मेदवार बाट आउने अगुवाको ।समाज ले पहिचान गर्न यात्रा शुरू गरी सकेका छन् तसर्थ हिम्मत र साहस गर्नुस् हर्क बालेंन रवि जस्तो बनेर जनता तपाईं बाट केही चाहेको छैन चाहेको छ अब नयाँ युग र परिवर्तन को। 

No comments:

Post a Comment