माण्डवीद्वारा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न
मनोज यादव---
सर्लाही,आश्विन १४
माण्डवीद्वारा सर्लाहीको कबिलासी नगरपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको लागि संचालित तेस्रो मोड्युलको ४ दिने प्रारम्भिक प्रशिक्षण सम्पन्न शुक्रबार मलंगवामा सम्पन्न भएको छ। स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुलाई शसक्त बनाउने उदेश्यले सो अभियानमा लागेका माण्डवी नामक गैर सरकारी संस्थाले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।
आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत कबिलासी नपा कार्यपालिकाका नवनिर्वाचित महिला सदस्यहरुको नेतृत्व भूमिकालाई निरन्तरता दिंदै उनीहरूको आत्मविश्वास र नेतृत्व सिपलाई अझ निखार्दै उनीहरूको भूमिकालाई अझ बढी प्रभावकारी ढंगबाट निर्वाह गर्न थप सीप र ज्ञानको विकास गर्ने उदेश्यले तालिमको आयोजना गरेको माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए।
तालिमको ४ दिने अवधीमा महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नको लागि चाहिने सीप र ज्ञान प्रदान गर्ने,राजनीतिक संवादमा सहभागी हुनका लागि उनीहरुमा आत्मविश्वास बढाउने,लैंगिक समानता प्रवर्द्धन गर्न आफ्नो समुदायका अन्य बालिका र महिलाहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्यगर्न प्रोत्साहित गर्न,लैंगिक समानता प्रबर्द्धन गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्न संजालको निर्माण गर्ने विषयमाहरुमा प्रशिक्षण दिइएको कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए।
यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका कबिलासी न.पा अन्तर्गतका १० वटै वडाका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षक द्वय प्रभु चौधरी र रमा कुमारी पौडेलले सहभागीहरुलाई समूहकार्य,बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली,सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा सरल तरिकाले जानकारी गराएका थिए।
उक्त तालिमको शुक्रवार मलंगवा स्थित नवरंग होटलको सभाहलमा कबिलासी नपा की उपमेयर पुनम देवी कर्णको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको थियो। सम्बन्धि बैनर वाचन गरेर उद्घाटन गर्नुभएको थियो।
No comments:
Post a Comment