Thursday, September 8, 2022

चार दशक लामो जागिरे जिवनबाट अवकाश लिए जनस्वास्थ्य अधिकृत एवं स्वास्थ्य संयोजक"अभिराम झा"



    १९ औ निजामती सेवा दिवसको दिन सिडियोबाट सम्मान ग्रहण गर्दै विदा भए "झा"

मनोज यादव----

सर्लाही,भाद्र २३

      सर्लाहीको  सदरमुकाम मलंगवा  नगरपालिकाका स्वास्थ्य शाखा संयोजक  अभिराम झा  आफ्नो चार दशक लामो जागिरे जिवनबाट अवकाश लिएर विदा भएका छन् ।उहाँलाई बुधबार १९ औं निजामती सेवा दिवसका दिन सर्लाहीका प्रमुख जिल्ला अधिकारी(सिडियो)थानेश्वर गौतमले दोसल्ला ओढाएर कदरपत्रको साथ सम्मान गर्दै विदाई गर्नुभएको छ।

    एक श्रीमती ,एक छोरा र दुई छोरीका अभिभावक झाले बि.स २०३९ सालमा आफ्नो जागिर यात्राको प्रारम्भ पाँचौ तह(हेल्थ असिस्टेन्ट) मा साविक जनकपुर अञ्चलको सिन्धुली जिल्ला र हालको प्रदेश न-१ ,सिन्धुली जिल्लाको अरुण ठाकुर हेल्थ पोष्टबाट सुरु गरि त्यहाँ २ वर्ष बिताएर पाल्पा,रामेछाप ,धनुषा,सर्लाहीको सासापुर,मकवानपुर  हुँदै सर्लाहीको मलंगवा स्थित जिल्ला अस्पताल, सर्लाही कारागार र अन्तमा मलंगवा नगरपालिकाको स्वास्थ्य शाखामा पुगेर टुंग्याउनु भएको छ।

     उहाँ २०६४ सालमा सातौ तह( जनस्वास्थ्य अधिकृत)मा पुगेर सेवानिवृत हुनुभएको छ।

    झा मलंगवा नगरपालिकाको स्वास्थ्य शाखामा संयोजकको रुपमा  रहँदा नगरभित्रका सवै वडाका स्वास्थ्यकर्मीहरुको विभिन्न तामिमहरु संचालन गरेर क्षमता  अभिवृद्धी गराउनुका साथै खोप सेवालाई नियमित गराउनु भएको छ।

No comments:

Post a Comment