Saturday, September 10, 2022

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीमा टिकटको चलखेल तथा गुटबन्दीको राजनीति भइरहेको काँग्रेस नेता राम कृत सिंह कुशवाहाको आरोप


नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीमा टिकटको चलखेल तथा गुटबन्दीको राजनीति भइरहेको काँग्रेस नेता राम कृत सिंह कुशवाहाको आरोप


लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र २५

    नेपाली काँग्रेसका नेता एवं  सर्लाही जिल्ला निर्वाचन क्षेत्र न-४ "ख"बाट प्रदेश सभा सदस्यका लागि भावी उमेदवार राम कृत सिंह कुशवाहाले देशकै सबैभन्दा पुरानो र ठूलो राजनीतिक दलको रुपमा रहेको नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सर्लाहीमा गुटबन्दीको राजनीति भइरहेको आरोप लगाउँदै आपत्ति जनाउनु भएको छ।

     शुक्रवार दिउँसो सदरमुकाम मलंगवा स्थित बालमन्दिरको प्रांगणमा पत्रकार सम्मेलन गरि नेता कुशवाहाले यस्तो आरोप लगाउनु भएको हो।

      एउटै जिल्लामा दुई वटा समुहमा विभाजन भइसकेको जिल्ला कमिटी सर्लाहीले छुट्टाछुट्टै रुपमा कार्यक्रमहरु संचालन गरेर जनतालाई रनभुल्लमा पारिरहेको नेता कुशवाहाले बताए ।

     गत भाद्र २१ गते जिल्लाको क्षेत्र न-४ अन्तर्गत धनकौल गाउँपालिकामा पार्टीको एक समूहले आयोजना गरेको क्षेत्रीय भेलामा आफुपनि सहभागी भएको र उक्त भेलामा मन्तव्य मार्फत मैले पनि केही कुराहरु राख्छु भनि अनुरोध गर्दा आयोजक पक्षले आलटाल गर्दै अनुमति दिन नमानेपछि मञ्चमै गएर विरोध गरेपछि मात्र भेलामा उपस्थित भएका जनताहरु समक्ष आफ्नो भनाईहरु राख्ने मौका पाएको नेता कुशवाहाले पत्रकारहरु समक्ष गुनासो गर्नुभयो।त्यति ठूलो कार्यक्रम हुँदापनि सर्लाही जिल्लाका एउटा पनि पत्रकारहरुलाई नबोलाएको देखेर पार्टी भित्र ठूलो षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो ।

     चुनावको मुखमै आएर  टिकट वितरण लाई लिएर पार्टी भित्र ठुलो चलखेल र राजनीति भइरहेकोले कार्यकर्ताहरु मात्र नभइ आम जनताहरु समेत अन्यौलमा परेको भन्दै नेता कुशवाहाले चिन्ता व्यक्त गरे।

     आफ्नो जन्म ब्रह्मपुरी गाउँपालिकामा भएपनि बसाइँसराइ गराएर गोडैता नगरपालिकाको वडा न-११ सिसौटियामा बस्दै आएकोले जन्मभूमि जहाँ भएपनि कर्मभूमि क्षेत्र न-४ को जनताहरुको सेवक बनेर निस्वार्थ रुपमा सेवा गर्ने उहाँले पत्रकारहरु समक्ष प्रतिबद्धता व्यक्त गर्नुभयो । जित हार जनताको हातमा रहेकोले आफुले चुनाव नजितेपनि आफ्नो सारा जीवन क्षेत्र न-४ का जनताहरुको सेवामा समर्पित गर्ने  नेता कुशवाहाले पत्रकार सम्मेलन मार्फत उद्घोष गर्नुभयो।

    पत्रकार सम्मेलनमा नेता मुकेश कुमार सिंह,जय शंकर राय यादव,जितेन्द्र लाल दास लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment