सर्लाही ,असोज ११
सर्लाहीमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्यामा बढोत्तरी भएको छ ।सोही क्रममा एकैदिन ३०३ जना कोरोना संक्रमितहरु निको भइ डिस्चार्ज भएर आआफ्नो घर फर्किएका छन् ।
उनीहरूलाई सरकारले बनाएको मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा राखेर पुर्णरुपमा संक्रमण मुक्त भएको यकिन गरेर शुक्रवार एकैसाथ डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय, मलंगवाका प्रमुख सुशील झाले जानकारी दिए । यो सँगै जिल्लामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या एक हजार आठ सय २१ पुगेको छ ।
शुक्रवारसम्म दुई हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।जसमध्ये हाल २१३ जना सक्रिय संक्रमित अर्थात पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र १४ दिन नपुगेकाहरु छन् । उनीहरु सबै होम आइसोलेसनमा बसेका छन् भने एक जना संक्रमितको जिल्लाबाहिर उपचार चलिरहेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
No comments:
Post a Comment