Wednesday, September 2, 2020

गाउँमा मेला लगाउने विषयलाई लिएर दुइपक्ष बीच झडप

 


लोकतन्त्र समाचारदाता----
सर्लाही, भदौ १७
    सर्लाहीको नेपाल भारत सीमावर्ती गाउँ  मधुवनी आइतबार  साँझ दुई समुहबीच झडप हुँदा १७ जना घाईते भएका छन् ।गाउँमा मेला लगाउने विषयलाई लिएर स्थानीय दुइ पक्ष बीच विवाद उत्पन्न हुँदा झडप  भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी  सन्तोष सिंह राठौरले एउटा सामान्य विषयलाई राजनीतिकरण गर्ने प्रवृत्तिका कारण झडप भएको बताउनुभयो । झडपमा घाईते भएकाहरुको जिल्ला अस्पताल मलंगवामा उपचार गरिएको छ ।
   झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रहरी चौकी  र गडहीया डुमरिया स्थित ईलाका प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गर्नुपरेको एसपी राठौरले बताउनुभयो  ।

No comments:

Post a Comment