Wednesday, September 2, 2020

लकडाउनमै अत्यावश्यक कामको बहानामा अनावश्यक घुमफिर

 





लोकतन्त्र समाचारदाता-----

सर्लाही ,भदौ १७

     कोरोना भाइरस  (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले सर्लाहीमा अत्यावश्यक बाहेकका गतिविधिहरु संचालनमा  निषेध गरिए पनि पूर्णतः त्यसको पालना हुन सकेको छैन ।

    मानिसहरुको  लापरवाहीले गर्दा संक्रमण रोक्न भनी स्थानीय प्रशासनले थालेको अभियानमा नकारात्मक असर परिरहेको छ । निषेधाज्ञा लगाएको जानकारीमा हुँदाहुँदै पनि यहाँका मानिसहरुले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको खुलेआम उलंघन  गर्ने गरेको पाइएको छ । अत्यावश्यक कामको बहानामा जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यक रुपमा सवारी साधन चलाउनेहरु जिल्लाभर नै देखिन्छन्  ।कतिपयले भने मास्क समेत नलगाई हिँड्ने गरेको समेत पाइएको छ । स्थानीय बासिन्दाहरुकै लापरबाही र अटेरीपनका कारण  जोखिम बढेको स्थानीय बुद्धिजीवीहरुले बताए । “निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि घर बाहिर निस्कन भनिए पनि  अत्यावश्यकको  नाममा अनावश्यक घुमफिर गर्ने माथि स्थानीय प्रशासनले  निगरानी बढाउनुपर्ने बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।

     निषेधाज्ञाको उलंघन हुन नदिन चौक-चौकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको भएपनि उनीहरू  नियम उलंघन गर्ने स्थानीयबासीहरुको अगाडि कमजोर भएको देखिन्छन् ।उनीहरूकै अगाडी निषेधाज्ञा सम्बन्धि बनाइएका नियमहरुको उलंघन भइरहेको छ ।

    लकडाउनको समयमा जथाभावी हिंडडुल गर्ने ब्यक्तिहरु विभिन्न संघसंस्थाहरुको नक्कली परिचयपत्र बनाएर सुरक्षाकर्मीलाई अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने गरेको पाइएको छ । 

   सर्लाही जिल्लामा संक्रमणको दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै  स्थानीय प्रशासनले जिल्लाभर सात सात दिनको चार पटक निषेधाज्ञा जारी गरिसकेको भएपनि त्यसको पालना भने भएको देखिदैन ।भर्खरै केही दिन अगाडि गाउँ गाउँमा कृष्ण जन्माष्ठमी र दाहा मेला लााइएको थियो ।जबकी स्थानीय प्रशासनले  मेला महोत्सवको आयोजना गर्न निषेध गरेको छ ।


No comments:

Post a Comment