सर्लाही ,असोज १०
लगातारको वर्षाले सर्लाहीमा दुई घर भत्केर डेढ लाख भन्दा बढीको क्षति भएको छ। जिल्लाको चन्द्रनगर गाउँपालिका र बरहथवा नगरपालिकामा दुई जनाको घर भत्केको हो।
बर्षाको चन्द्रनगर गाउँपालिका वडा न-६ ,लोदवा टोल स्थित स्थानीय सत्यनारायण ठाकुरको पोखरीको डिलमा(किनार ) रहेको एक कोठे भान्सा घर र इट्टाले बनेको पक्की घर पानीले पुर्ण रुपमा भत्किएर अन्दाजी १ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।घर भत्किँदा कुनै मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल वर्षाले शुक्रवार साँझ जिल्लाकै बरहथवा नगरपालिका वडा न-१६ टिकुलिया बस्ने स्थानीय राम प्रसाद रायको इट्टाको वाल भएको ४ कोठे घरको एकतिरको भित्ताको वाल भत्किएर अन्दाजी ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
No comments:
Post a Comment