सर्लाही ,भदौ २९
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइतबार एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै धानको खेतमा मोटर चलाएर पानी हाल्ने क्रममा चन्द्रनगर गापा वडा न-५ बस्ने ५२ वर्षीय मोती ठाकुर लोहारलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका लोहारलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
No comments:
Post a Comment