Tuesday, September 1, 2020

किसानलाई मलको अभाव,तस्करहरु बाट चर्को मुल्यमा किन्नुपर्ने बाध्यता

 

लोकतन्त्र समाचारदाता ----

सर्लाही,भदाै १६

    धानबालीको लागि चाहिने मलको अभावले सर्लाहीका किसानहरु मर्कामा परेका छन् ।नेपाली बजारमा  मल अभाव भएको मौका छोपेर भारतबाट तस्करी गर्नेहरु भने सिमानाकमा पर्ने विभिन्न चोरबाटो भएर दिनप्रति दिन मल ल्याएर यताका किसानहरुलाई बढी मुल्यमा बिक्री गरिरहेको पाइएको छ ।

     बोडर सिलका कारण विभिन्न सीमानाकामा खटिएका सुरक्षाकर्मीले कृषकहरुलाई सीमा पारी जान नदिएपछि उनीहरूलाई तस्करबाटै उच्च मूल्यमा मल खरिद गर्नुपर्ने बाध्यता रहेको छ । धान कमइनी (गोड्ने) गर्ने बेला भइसक्दा पनि किसानहरुले मल पाएका छैनन् । धानको रोपाइँ गर्ने  समयदेखिनै  मलखादको अभाव झेल्दै आएका सर्लाहीका किसानहरु अहिलसम्म त्यही समस्यासँग जुझिरहेका छन् ।  भारतसँग सीमा जोडिएका स्थानका किसानहरु आफै सिमापारी भारत तर्फको बजारमा गएर  मल किन्न जान नखोजेका पनि होइनन् । तर सुरक्षाकर्मीले सीमा सील भएको भन्दै रोकपछि उनीहरुले भारतबाट पनि मल ल्याउन पाएका छैनन् । तर मल खादको  अभाव भएको मौका छोपेर  भारतबाट मल खादको  तस्करी गर्नेहरु भने सक्रिय भएका छन् ।

     भारतमा बोराको ५ सय रुपैया भारु  पर्ने युरिया मल तस्करहरुसँग बोराको २ हजारमा खरिद गर्न बाध्य छन् किसाहरु ।सरकारी अनुदानको मल नपाएपछि अधिकाशं कृषकहरु जोखिम मोलेरै भएपनि भारतबाट मल खरिद गर्न जाने गरेका छन् । कोही तस्करहरुबाटै महँगाे मूल्यमा मल खरिद गर्न बाध्य छन् भने कोही आफै लुकिछिपी सिमापारी भारत गएर मल खाद ल्याइरहेका छन् । जिल्लाका कुनैकुनै नाकामा सुरक्षाकर्मीले  किसानहरुको समस्यालाई बुझेर  एक दुई बोरा मल ल्याउन दिइरहेको किसानहरुले बताए । 




No comments:

Post a Comment