दिउँसो डेढ बजे देखि भोली बिहान ८ बजे सम्मको लागि
मनोज यादव---
सर्लाही, असोज ३
विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयलाई लिएर सर्लाही सदरमुकाम मलंगवाको वडा नं- ३ स्थित विश्वकर्मा चौकमा मुस्लिम र हिन्दु समुदाय बिच झडप हुदाँ तनाव उत्पन्न भएको छ ।
शुक्रवार रातीदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले शनिवार साढे १ बजेदेखि आइतवार बिहान ८ सम्मका लागि नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । अवस्था सामान्य हुनुको साट्टा दुई समुदायका मानिसहरु भेला भएर बादबिबाद गर्न थालेपछि कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकार दिए ।
शुक्रवार साँझ विश्वकर्मा पुजा गरिएको मुर्ति पोखरीमा सेलाउन भनी नगरको परिक्रमा गर्दै लादै गर्दा वडा न-३ स्थित मस्जिद नजिक पुगेपछि डिजे बाजा बजाएको भन्ने विषयमा हिन्दु र मुस्लिम समुदायका केही स्थानिय युवाहरु बिच झडप भएको थियो । झडप भएपछि दुबै पक्षबिच ढुङ्गा मुढा भएको र सो ढुङ्गा मुढामा दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्तिहरु घाईते समेत भएका थिए । दुई समुदाय बिच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई सामान्य पारेको थियो ।
शनिवार(आज) बिहानदेखि अवस्था फेरी तनावपूर्ण बनेपछि स्थानीय प्रशासनको आदेशमा कर्फ्यु आदेश जारी गरिएको हो । सेलाउन लाँदै गरेको विश्वकर्माको मूर्ती नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।
No comments:
Post a Comment