Wednesday, September 2, 2020

कोरोनाको कहर बिच अग्रभागमा खटिएकाहरुलाई अनेरास्ववियु द्वारा सम्मान

 



लोकतन्त्र समाचारदाता ----
सर्लाही ,भदौ १७
     नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी  संगठन अनेरास्ववियु सर्लाहीले कोरोना संक्रमणको बेला पनि आफ्नोे कर्मपथमा इमानदारीताका साथ डटेर अग्रभागमा रहेर काम गर्ने सर्लाहीका स्वास्थ्यकर्मी तथा  सुरक्षाकर्मीहरुलाई  सम्मान गरेको छ ।
    जिल्लाको सदरमुकाम मलंगवा, लालबन्दी र हरिवन नगरपालिकामा  कार्यक्रमको आयोजना गरि उनीहरूलाई सम्मान गरिएको  अनेरास्ववियुका  जिल्ला सह–संयोजक समिम बाबु खानले जनाएको छ ।  अहिले देशका विभिन्न ठाउँमा अग्रभागमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुमाथि दुर्ववहार  भइरहेको अवस्थामा पनि आफ्नो ज्यान जोखिममा पारेर  सेवा प्रवाह गरिरहेकाले हौसला प्रदान गर्न उनीहरुलाई सम्मान गरिएको सह-संयोजक खानले बताए ।

No comments:

Post a Comment