Tuesday, September 8, 2020

साप्ताहिक हाट बजार बाहेक उपभोग्य सामाग्री विक्रि वितरण गर्ने पसल खोलिने

 


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २२
    सर्लाहीमा सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको छ ।
    आइतबार सदरमुकाम मलंगवामा बसेको DDMC को बैठकको सिफारिस अनुसार    अर्ध साप्ताहिक ,साप्ताहिक र पाक्षिक रुपमा लाग्दै आएका हाट , बजार तथा मेला बाहेक उपभोग्य सामाग्रीहरु वितरण गर्ने पसलहरु प्रत्येक दिन बिहीबार १० बजेदेखि बेलुका ५ बजे सम्म खोल्न पाउने छन् । होटल र मदिराजन्य पदार्थहरु विक्रि वितरण  गर्ने पसलहरुको हकमा भने यस्तो निर्णय गरिएको छैन ।त्यस्तै उपभोग्य बस्तु र निर्माण सामाग्रीको ढुवानी गर्ने साधन प्रत्येक दिन सूर्योदयदेखि  सूर्यास्तसम्म निर्वाध रुपमा संचालन गर्न पाउने छन् ।
     यसैगरी सार्वजनिक ,सामुदायिक तथा निजी क्षेत्रबाट सेवा प्रवाह गर्ने कार्यालय ,संस्था निकाय र बैंक तथा वित्तीय संस्थाहरुले भिडभाड नहुने गरि पालिकागत पालो मिलाएर संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
    कोरोना भाइरसको संक्रमण सामुदायिक स्तरमा फैलिसकेको र कोभिड-१९ को जोखिम रहेको अवस्थामा  पनि जिल्ला विपद व्यवस्थापन समिति सर्लाही द्वारा पारित DPRP को सिद्धान्त Adaptive with Corona लाई आत्मसात गर्दै कोभिड १९ को संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइसाथ पालना गराउने व्यवस्था गरि सर्वसाधारणको जीवन निर्वाह एवं सामाजिक आर्थिक व्यवस्थालाई सन्तुलन बनाउन ,व्यापार तथा रोजगारी सिर्जना हुनेखाले क्रियाकलापहरु संचालन हुनुपर्ने अपरिहार्यता देखिएकोले यस्तो व्यवस्था गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment