सर्लाही ,असोज ६
चाडपर्व नजिकिँदै गर्दा सर्लाहीको बजारहरुमा आलु प्याजसहित सबैखाले मौसमी तथा बेमौसमी हरियो तरकारीको भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा तरकारीको भाउ दोब्बर - तेब्बरसम्म बढेको उपभोक्ताहरुले बताएका छन् ।
बजारमा अहिले आलु प्रतिकेजी ६० र प्याज प्रतिकेजी १०० रुपियाँमा किनबेच भइरहेको छ । त्यस्तै लौका हेरीहेरी प्रति गोटा ८० देखि १०० रुपैयाँ ,बन्दा ८०,भन्टा ८०,देहाती मुला १२०, बोंडी १२० ,घिरौला ४० रुपैया प्रतिकिलोसम्म बिक्री भइरहेको छ । भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका हुन । जसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्ताहरुमा पर्न गएको छ ।
Tuesday, September 22, 2020
तरकारीको भाउले बजार तात्यो ,सबैखाले तरकारी महंगो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment