सर्लाही ,असोज ११
वर्षाको पानीले सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर स्थित स्थानीय कलेश्वर मिश्रको २ कोठे बाँसको बेरा र खपडाको छानो भएको १ तले कच्ची घर भत्किएर एकलाख रुपैयाँ बराबरको क्षति भएको छ ।
घर भत्किए पनि कुनै मानविय र चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।घर भत्किएर घरबार विहिन बनेका पिडित मिश्रको परिवार अहिले छिमेकीकोमा आश्रय लिएर बसेको स्थानीयले बताए ।
No comments:
Post a Comment