सर्लाही ,असोज ११
केहीदिनको अन्तराल पछि सनिवार सर्लाहीमा एकैसाथ २२ जना ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सनिवार संक्रमण पुष्टि भएकाहरु बरहथवा, बागमती र हरिपुर नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय मलंगवाले जानकारी दिएको छ।
थपिएको कोरोना संक्रमितहरु मध्ये सबैभन्दा बढि बरहथवा नगरपालिकाबाट १७ जना, बागमती नगरपालिकाबाट ४ जना र हरिपुर नगरपालिकाबाट १ जना रहेका छन् । बरहथवामा थपिएको १७ जना कोरोना संक्रमितहरु मध्ये २ जना प्रहरी, ४ जना थुनुवा र बाँकी सबै स्थानिय रहेको बरहथवा नगरपालिकाले जनाएको छ ।
No comments:
Post a Comment