Wednesday, September 2, 2020

सर्लाहीको एम्बुलेन्स त्रिशुलीमा खस्यो, एकको मृत्यु ४ जना घाईते

 


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ १७
    त्रिशुली नदीमा एम्बुलेन्स खस्दा बरहथवाका एकजना युवकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
       काठमाडाैंबाट बिरामी बाेकेर सर्लाही अाउँदै गरेको ना. ५ च १०३३ नम्बरको  एम्बुलेन्स मंगलबार बिहान एक्कासी अनियन्त्रित भएर सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको  हो । दुर्घटनामा परेर   गम्भिर घाईते एम्बुलेन्स चालक  बरहथवा नगरपालिका वडा न-२ निवासी १५ वर्षीय बादे राना मगरकाे उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे छ । अन्य घाईतेहरुको पनि भरतपुर अस्पतालमै उपचार भईरहेको छ जनाइएको छ ।
    मंगलबार बिहान करिब सवा ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा न-३ पानीधाराबाट सो एम्बुलेन्स त्रिशुली नदीमा खसेर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

No comments:

Post a Comment