लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ २५
सर्लाहीमा चेम्बर अफ कमर्सको जिल्ला कार्यसमिति गठन भएको छ । जिल्लाभरकका व्यवसायीहरुको छाता संगठन चेम्बर अफ कमर्स सर्लाही राम भगत प्रधानको अध्यक्षमा गठन भएको हो ।
बुधबार परवानीपुर स्थित पुष्पलाल स्मृति पार्कमा
आयोजित जिल्लाका सबै उद्योग वाणिज्य संघका सदस्यहरुको भेलाले प्रधानको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
नव गठित जिल्ला कार्यसमितिमा सदरमुकाम मलंगवाको उद्योग वाणिज्य संघबाट सर्वसम्मतिले एकैसाथ ठुलो संख्यामा सदस्यहरु चयन भएका छन् ।उ.वा.संघ मलंगवाबाट वरिष्ठ उपाध्यक्ष मा संजय कुमार गुप्ता , उपाध्यक्षमा विकास गोयल र दिनेश यादव , उप महासचिवमा कमलेश शाह , सह-कोषाध्यक्षमा मुकेश कुमार पण्डित तथा सदस्यहरुमा क्रमशः राजिव कुमार अग्रवाल , नवनीत कुमार अग्रवाल , अमित कुमार. अग्रवाल , सरोज कुमार जैसवाल , राम एकवाल राय ,सुरेन्द्र साह सोनार , मुकेश कुमार प्रजापति र प्रविण कुमार गुप्ता रहेको जि.का.स.सर्लाहीका अध्यक्ष प्रधानले जनाएको छ ।
No comments:
Post a Comment