सर्लाही,असोज ६
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न–२, राईटरखोरमा हालै निर्माण कार्य सम्पन्न भएको सामुदायिक भवनको संघीय सांसद प्रमोद साहले उद्घाटन गरिएका छन् ।
स्थानीय रामबहादुर कार्कीले उपलब्ध गराएको जग्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवनको सोमबार सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रमोद साहले उद्घाटन गरेका हुन् । सामुदायिक भवनमा बैठक, छलफल, अन्तरक्रिया लगायतका सामाजिक काममा प्रयोग गरिने बताइएको छ ।
No comments:
Post a Comment