Monday, March 21, 2022

सर्लाहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु,३ हजार ८८ म्यादी प्रहरी भर्ना लिइने

 



मनोज यादव----

सर्लाही,चैत ७

    आसन्न स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ । 

    यहाँका ३१८ वटा  निर्वाचन स्थल तथा ६०६ वटा मतदान केन्द्रहरुमा खटाउन चैत ६ देखि ११ गतेसम्मको अवधि दिएर दरखास्त आह्वान गरिएको हो ।दरखास्त फारम बुझाउने स्थानका लागि  सर्लाहीको सदरमुकाम मलंगवा वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालय अगाडी जिल्ला खेलकुद विकासको कवर्डहललाई तोकिएको छ। म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरु शनिवारदेखि नै सदरमुकाम मलंगवामा आएर बसेका थिए।उनीहरु  बिहान ८ बजेदेखि नै लाइनमा लागेका छन् ।

   जिल्लामा ३ हजार ८८ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । १८ वर्ष पुराभई ५४ वर्ष ननाघेकाले आवेदन दिनसक्ने छन् ।नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट रिटायर्ड भइसकेकालाई प्राथामिकतामा राखिएको छ।

     म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक ३० हजार २ सय ४० पारिश्रमिकको साथै खाद्यान्न बापत प्रतिब्यक्ति एकमुष्ट ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैया निर्धारण गरिएको छ ।

      दरखास्त बुझाइसकेकाहरुको यही १५ गतेेदेखि छनौट प्रक्रिया सुरु भई २२ गते अन्तिम नतिजा प्रकाशन गरि  २८ गतेबाट उनीहरुको आधारभूत तालिम सुरु गरिने जिप्रकाले जनाएको छ।

No comments:

Post a Comment