Thursday, March 24, 2022

राष्ट्रिय भूमि आयोग र चन्द्रनगर गाउँपालिका बीच सम्झौता

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

  अव्यवस्थित रुपमा बसोबास गरिरहेका सर्लाहीको  चन्द्रनगर गाउँपालिकाका बासिन्दाहरुको  ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र चन्द्रनगर गाउँपालिका बीच  संझौता भएको छ । 

   भूमिहीनहरुको समस्या समाधान गर्ने उदेश्य अनुरुप गाउँपालिका अध्यक्ष महेन्द्र महतो र नेपाल सरकार अन्तर्गतको राष्ट्रिय भूमि आयोग बीच बिहिवार संझौतापत्रमा हस्ताक्षर गरि संझौता भएको हो ।

   संझौता भए अनुरुप अव्यवस्थि बसोबास गरिरहेका यस गाउँपालिकाका भूमिहीन दलित र भूमिहिन सुकुम्बासीहरुको लगत संकलन तथा प्रमाणिकरणको कार्य व्यवस्थित र निर्धारित समयभित्र सम्पन्न गर्नको लागि कार्ययोजना तयार र बजेट व्यवस्थापन गरि कार्यान्वयनमा ल्याउने र सो कार्ययोजनाको एक प्रति आयोग वा जिल्ला समितिलाई उपलब्ध गराउने ,आयोग वा जिल्ला समिति सँग समन्वय गरि कार्यपालिकाका पदाधिकारी र भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन र व्यवस्थापन सेवा केन्द्रमा रहने कर्मचारीलाई अभिमुखिकरण गर्न व्यवस्था मिलाउने छ। उनीहरूको  पहिचान,प्रमाणीकरण ,आधार र मापदण्ड तयार गरी गाउँपालिका र भूमि आयोगले गृहकार्य गर्ने छ । 

  आयोग संगको संझौता संगै भूमिहीनहरुको समस्या समाधानका लागि गाउँपालिका लागिपर्ने  गापा अध्यक्ष महतोले बताए ।

   सम्झौता  कार्यक्रममा भूमि आयोगका पदाधिकारी तथा गापाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 


No comments:

Post a Comment