Friday, March 11, 2022

सेन्चुरी कमर्सियल बैंक मलंगवा शाखाद्वारा ११ औं वार्षिकोत्सबको अवसरमा बालगृहलाई खाद्यान्न सहयोग

 




मनोज यादव---

सर्लाही,फाल्गुन २७

   आफ्नो ११ औं वार्षिकोत्सबको अवसरमा सेन्चुरी कमर्सियल बैंक मलंगवा शाखाले मलंगवा नगरपालिका वडा न-८ स्थित बाल मन्दिरको बालगृहमा खाद्यान्न सहयोग गरेको छ। 

     बैंकले वार्षिकोत्सब मनाउने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिहिवार बिहान जिल्ला बाल संगठनका अध्यक्ष शमिमबाबु खानको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरि बालगृहमा आश्रित अभिभावक विहीन बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । 

    जिल्ला बाल संगठनका पदाधिकारी,स्थानीय समाजसेवी, बुद्धिजीवी, सेन्चुरी कमर्सियल बैंक मलंगवा शाखाका कर्मचारी तथा  पत्रकारहरु लगायतको उपस्थितिमा शाखा प्रबन्धक  राधेश्याम प्रसाद साहले आलु १ सय किलो,प्याज ५० किलो,चामल ६ बोरा,दाल १५ किलो,खाने तेल १० लिटर,बिस्कुट २ कार्टुन,चाउचाउ ५ कार्टुन र  १० किलो नुन संगठनका अध्यक्ष खानलाई हस्तान्तरण गरेको बाल मन्दिरका लेखापाल  राम लखन महतोले बताए ।  

    नेपालको सुगमदेखि दुर्गम क्षेत्रसम्मका नागरिकहरुलाई बैंकिङ सेवा दिने उदेश्यले संचालनमा ल्याएको यस बैंकको देशभरि हाल १२८ वटा शाखाहरु रहेका छन् ।जसमध्ये काठमाडौंमा मात्र २५ वटा शाखाहरु संचालनमा रहेका छन् भने १० वटा एक्सटेन्सन काउन्टरको साथै २५ शाखारहित बैंकिङ १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको मलंगवा शाखाका प्रबन्धक साहले बताए।उनले अबको केहीदिन भित्र सर्लाहीमा मलंगवा र गोडैता शाखापछि तेस्रो शाखाको रुपमा लालबन्दीमा पनि शाखा संचालनमा ल्याउने तयारी भइसकेको जानकारी गराए। 

    बाल मन्दिरको प्रांगणमा सम्पन्न  भएको खाद्यान्न वितरण कार्यक्रमको संचालन बाल मन्दिरका लेखापाल महतोले गरेका थिए ।

    

No comments:

Post a Comment