Monday, March 14, 2022

नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन ३०

   लामो रस्साकस्सी पश्चात् नेपाली कांग्रेस सर्लाहीकाे १४ औं  जिल्ला अधिवेशन सम्पन्न भएको छ।उक्त अधिवेशनबाट काँग्रेस जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् ।सिंह संस्थापन ईतरका सभापति पदका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर विजयी भएका हुन।

     आईतबार राती  १२ बजे सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका सभापति पदका उमेदवार  सिंह सहित एकजना बाहेक उक्त प्यानलका संपूर्ण उमेदवार विजयी भएका छन् । संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उमेदवार विजयी भएका छन् ।

     विजयी भएका अन्य पदाधिकारीहरुमा  उप-सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु)  र संस्थापन ईतरका नविन अधिकारी  विजयी भएका छन्।

     त्यस्तै सचिबमा संस्थापनका निरज कार्की  र मनाेज यादव, सह-सचिवमा संस्थापनकै ईन्द्र बहादुर याेञ्जन र सुनिल कुमार कुशवाहा  विजयी भएका छन् ।  

     आईतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिएका थिए।

     सदस्यहरुकाे मतगणना भने हाेली पछि गर्ने कुरा आएकाे र साेमबार दुवैपक्षसँग छलफल गरिने निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।

No comments:

Post a Comment