Monday, March 21, 2022
घर-घर जाउँ,काँग्रेस जिताउ अभियान सँगै कांग्रेस सर्लाही क्षेत्र न-२को नवनिर्वाचित कार्यसमिति एवं क्षेत्रीय प्रतिनिधिहरुको पदस्थापन सम्पन्न
नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सम्पन्न भएको क्षेत्रीय अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आज(सोमबार)सर्लाहीको सदरमुकाम मलंगवा आयोजित एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो ।
मलंगवा नपा-१० स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्व केन्द्रीय सदस्य जंगिलाल राय,पुर्व जिल्ला सभापति लक्षमण राय सहित मनपा का पुर्व मेयर नागेन्द्र प्रसाद यादव,मनपा का मेयर निरसल साह, उपमेयर शान्ती मिकरानी,काँग्रेस सर्लाही उपसभापति नवीन अधिकारी,डा.सरोज यादव,प्रदेश(क) सभापति सत्येन्द्र यादव,प्रदेश(ख) सभापति भिखारी ठाकुर लगायत क्षेत्र न-२ का ४९ वटै वडाका वडासभापतिहरु,२५ जना महाधिवेशन प्रतिनिधि तथा निर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
दोस्रो सत्र अन्तर्गत भएको काँग्रेस जिताउ अभियान कार्यक्रमको अध्यक्षता क्षेत्र न-२ का सभापति कौशल किशोर रायले गरेका थिए भने दुवै कार्यक्रमको प्रमुख अतिथि अभियानकी केन्द्रीय परिवेक्षक यादव रहनुभएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment