Thursday, March 3, 2022

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १९

    कर्तव्य ज्यान मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

   पक्राउ पर्नेमा  सर्लाहीको रामनगर गाउँपालिका वडा न-३ बस्ने नक्कल साह तेलीको छोरा वर्ष ५० को राम प्रवेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

   उनलाई गोडैता नगरपालिका वडा न-८ स्थित बजारबाट मंगलबार साँझ ४ बजेको समयमा अनुसंधानको लागि  गोडैता प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटी आएको प्रहरी टोलीले  पक्राउ गरेको  हो ।

  पक्राउ परेका प्रतिवादी साहलाई इलाका प्रहरी कार्यालय गरुडाबाट खटी आएको प्रहरी टोलीलाई बुझाएको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक जटाशंकर यादवले जनाएको छ।

   


No comments:

Post a Comment