Tuesday, March 15, 2022

ग्यास सिलेन्डर लिक भएर आगलागी ,अढाइ लाखको क्षति

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र १ 

    ग्याँस लिक भएर आगलागी हुँदा सर्लाहीको विष्णु  गाउँपालिका वडा न-३ मधुवनगोठमा एक घर जलेर नष्ट भएको छ ।

      सोमबार राति ७ बजेको समयमा  स्थानीय रामकृत मण्डलको खपडाले

 छाएको कच्ची घरमा खाना पकाउने क्रममा सिलिन्डर ग्यास लिक भई अचानक आगलागी हुँदा मण्डलको घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    आगलागीबाट घरसमेत  घरभित्र रहेको अन्नपात,लत्ताकपडा,भाँडाबर्तन, नगद रु १० हजार र सुनचाँदीका गरगहना गरि अन्दाजी २ लाख ५० हजार रुपैयाँ  बराबरको क्षति भएको प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले  जानकारी दिए ।

   उक्त आगलागी  स्थानीयबासीहरुको सहयोगमा प्रहरीले राति ८ बजे नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले जनाएको छ।





No comments:

Post a Comment