Saturday, March 12, 2022

कर्मचारी मिलन केन्द्र सर्लाहीको अध्यक्षमा रामदरेश राय सर्वसम्मतिले चयन





मनोज यादव---

सर्लाही,फाल्गुन २८

    कर्मचारी मिलन केन्द्र, सर्लाहीको साधारणसभाबाट रामदरेश रायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति  चयन भएको छ ।

  केन्द्रले शनिवार लालबन्दी स्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा आयोजना गरेको वन भोजसहितको साधारणसभाले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो।

   नयाँ चयन भएको समितिको विरिष्ट उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, उपाध्यक्षमा  वन अनुसंधान निर्देशक गोपाल प्रसाद गौतम, सचिवमा निमित्त इकाइ प्रमुख सुनिल कुमार कुशवाहा, सह-सचिवमा नापी अधिकृत ममता कुमारी यादव, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक रामस्वार्थ महतो तथा  सदस्यरुमा क्रमश: बरहथवा नगरपालिकाका प्र.अ. संजय मैनाली, जिल्ला सरकारी वकिल कार्यालयका अधिकृत रमेश पोखरेल, डि.ई. विजय रेग्मी, नापी कार्यालय हरिवनका छत्र बहादुर लुंगेली, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ता, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नन्दकिशोर कुशवाहा, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख पद्म प्रसाद अधिकारी, नेपाल विधुत प्राधिकरण  मलंगवाका ई.रञ्जय कुमार महतो, जिल्ला प्रशासन कार्यालयका प्र.अ. राजकुमार थापा, नेपाल टेलिकमका वरिष्ट ई. शत्रुधन कुमार यादव, नेपाल बैंक लिमिटेडका प्रमुख कमलेश कुमार यादव, श्याम मैनाली र नेपाल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी रहेका छन्।

उहाँहरुलाई केन्द्रको तर्फबाट  अविर, माला र गमछा ओढाएर  बधाई तथा शुभकामना दिइएको थियो । 

    उक्त  कार्यक्रममा केन्द्रको तर्फबाट सेवा निवृत लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहालाई कदरपत्र द्वारा  सम्मान गर्नुका साथै केन्द्रका सल्लाहकारहरुलाई दोसल्ला ओढाएर  अविर र मालाले सम्मान गरिएको थियो। 

   शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले संचालन गरेको कार्यक्रममा जिल्लास्थित सरकारी तथा अर्धसरकारी कार्यालयका प्रमुख तथा  कर्मचारीहरूको उल्लेख्य  सहभागी रहेको थियो ।


No comments:

Post a Comment