Wednesday, March 23, 2022

घर–घर जाउँ, काँग्रेस जिताउँ अभियान अन्तर्गत तेस्रो दिनको कार्यक्रम बरहथवामा सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ९

  नेपाली काँग्रेस सर्लाहीले स्थानीय निर्वाचनलाई लक्षित गरि घर–घर जाउँ काँग्रेस जिताउँ अभियानलाई तिब्रता दिएको छ।सो अभियान अन्तर्गत बुधबार सर्लाहीको बरहथवामा कार्यक्रम सम्पन्न भएको छ।

   नेपाली काँग्रेस बरहथवा नगरपालिका नगर कमिटीका सभापति उपेन्द्र महतोको अध्यक्षता तथा अभियानकी केन्द्रीय परिवेक्षक नगिना यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    घर-घर जाउँ, काँग्रेस जिताउ अभियानबाट आफुहरुमा उर्जा बढेकोले यस अभियान मार्फत नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न,स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अधिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर जनतालाई  स्वविवेकले भोट हाल्न अनुरोध गर्ने केन्द्रीय परिवेक्षक यादवले बताए ।देशब्यापी रुपमा चलिरहेको यो अभियान लिएर सर्लाहीका  २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना अनुसार केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा गत २८ गतेदेखि  काँग्रेसी नेताहरु क्रमैसँग स्थानीय तहहरुमा पुगेर कार्यक्रमको आयोजना गरिरहेका छन् ।

   बरहथवामा बुधबार सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला उपसभापति डा.सरोज यादव,क्षेत्र न-३ का क्षेत्रीय सभापति पुन्य प्रसाद घिमिरे,प्रदेश न-३(ख) का प्रदेश प्रत्यासी एवं महाधिवेशन प्रतिनिधि कृष्णदेव यादव,पार्टीका जिल्ला सचिव निरज कार्की लगायत पार्टीका सयौं  नेता,कार्यकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

  यो अभियान लगातार एक महिनासम्म चल्ने जिल्ला उपसभापति डा.यादवले जनाएको छ।

   
    
  
 

No comments:

Post a Comment