Saturday, March 19, 2022

होलीको दिन भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु ५ जना घाईते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत ५

       होली मनाउने क्रममा सर्लाहीका  केही छुट्टाछुट्टै  स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मलंगवा ले दिएको जानकारी अनुसार जिल्लाको कबिलासी नगरपालिका वडा न-६ जमुनिया स्थित भित्री सडक खण्डमा शुक्रबार साँझ करिब पौने ५ बजेतिर  पिपरियाबाट मदनपुरतर्फ जाँदै गरेको BR 30 Q 5292 नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको BR06 CF 5357 नम्बरको माेटरसाईकल एक-आपसमा ठोक्किए १ जनाकाे ज्यान गएको छ भने अन्य ३ जना घाईते भएका छन् । उक्त दुर्घटनामा 5292 नम्बरको  मोटरसाईकल चालक कबिलासी नपा वडा न-२ पिपरिया बस्ने  राजेन्द्र रामको  २८ वर्षीय छोरा धर्मेन्द्र रामकाे प्रादेशिक अस्पताल मलंगवामा  उपचारको क्रममा  मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी  प्रवक्ता एवं डिएसपी  माधव प्रसाद बुढाथाेकीले जानकारी दिए । सोही  दुर्घटनामा 5292 नम्बरको  मोटरसाईकल पछाडी सवार सोही ठाउँ  निवासी स्थानीय  बिन्देश्वर रामको २३ वर्षीय  छोरा राजु राम, 5357 नम्बरको माेटरसाईकल  चालक चक्रघाटा गापा वडा न-५ पडरियाटोल निवासी मनोज यादवको  ३० वर्षीय छोरा राजा कुमार यादव, साेही माेटरसाईकल पछाडी सवार देवधारी राय यादबको ३० वर्षीय छोरा हरिओम यादव गम्भिर घाईते भएका छन् । राजा कुमारलाई सोहीदिन थप उपचारका लागि बिरगंज लगिएको र अन्य घाइतेहरुकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे डिएसपी बुढाथोकीले जनाएको छ।

     होलीकै दिन शुक्रवार अपराह्न पुर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बागमती नपा वडा न-११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदान अगाडि पुर्वाबाट  पश्चिमतर्फ जाँदै गरेको ना. १ ज २५०५ नम्बरको म्याजिकले विपरित दिशाबाट आउँदै गरेको बा. ७४ प ७५३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुईजना ब्यक्ति घाईते भएका छन्  ।

    घाईते हुनेहरुमा हरिवन नपा वडा न-१ केराबारीका २६ वर्षिय विमल राई र सोही नपाको वडा न- ८ बस्ने विकास भन्ने विर बहादुर राई रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न दुवै सवारी र म्याजिक भ्यानका चालक बागमती नपा-१ निबासी ४० वर्षिय बेनी लुङ्गेली मगरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ।

No comments:

Post a Comment