Sunday, March 20, 2022

रोयल कप २०७८ को उपाधी सितापुर मावि बरहथवाले जिते

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ६

     सर्लाहीको सदरमुकाम मलंगवामा आज सम्पन्न भएको रोयल कप २०७८ को उपाधी सितापुर मावि बरहथवाले जितेको छ।

   जिल्लाभरीका २२ वटा विद्यालयहरुले भाग लिएको यस प्रतियोगिताको आज(आइतवार)भएको अन्तिम तथा फाइनल खेलमा जनज्योति मावि लालबन्दीलाई हराउँदै सितापुर माविले उपाधी जितेको हो। 

 

 विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि मलंगवाका युवा नेता तथा समाजसेवी एवं मलंगवा जेसिज २०२२ का उपाध्यक्ष समीर मिकरानीले पुरस्कार वितरण गरेका थिए।विजेता टिमलाई नगद रु १० हजारको साथसाथै कप,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद रु ५ हजारको साथसाथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाए।

   

  


No comments:

Post a Comment