Friday, March 25, 2022

मलंगवामा करेन्ट लागेर एक जना बिजुली मजदुरको मृत्यु

 

मलंगवामा  करेन्ट लागेर एक जना बिजुली मजदुरको मृत्यु

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत ११

    सर्लाहीको सदरमुकाम  मलंगवामा नगरपालिकामा शुक्रवार बिहान बिजुलीको  पोल गाड्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बिधुत प्राधिकरण मलंगवा वितरण केन्द्रमा करार अवधीमा काम गर्ने बाराको फेटा गाउँपालिका वडा न-१ त्रिबेणीका २५ वर्षीय शिव कुमार बच्छार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले  जनाएको छ ।

    प्रवक्ता बुढाथोकीका अनुसार विहान करिब १० बजेको समयमा  मलंगवा नपा वडा न-४ स्थित रिङ्गरोडमा बिजुलीको  पोल गाडने क्रममा नजिकै रहेको ११ हजार भोल्टेजको नाँगो तारमा उक्त पोल छुन गइ बच्छारलाई करेन्ट लागेको हो।करेन्ट लागेर घाईते भएपछि  तत्कालै  उपचारको लागी प्रादेशिक अस्पताल मलंगवामा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको थियो।

   मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।

No comments:

Post a Comment