Monday, March 7, 2022

नेपाली काँग्रेस सर्लाहीको निर्वाचन अनिश्चितकालको लागि स्थगित

 



मनोज यादव---

सर्लाही,फाल्गुन २३

    आज(सोमबार) हुने तय गरिएको नेपाली कांग्रेस सर्लाहीको निर्वाचन अनिश्चितकालको लागि स्थगित भएको छ।

   पार्टी जिल्ला अध्यक्षका दावेदार सुरेन्द्र सिंह र लक्ष्मण राय पक्षबिच  बीचको विवादका कारण सोमबारका लागि तय भएको जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदको आज हुने मतदान अनिश्चित समयका लागि स्थगित गरिएको हो। निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै सूचना प्रकाशित गरि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन् ।

   बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो सवा १ बजे सूचना टाँसेर स्थगित गरिएको निर्वाचन अधिकृत सिंहले बताए ।

    निर्वाचन स्थगित भएपछि मतदान स्थल रहेको मलंगवा नगरपालिका वडा न-२ पब्लिक माध्यमिक विद्यालय बाहिर ठुलो संख्यामा उपस्थित भएका पार्टीका कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।

   काँग्रेसको जिल्ला अधिवेशनलाई लिएर यसअघि पनि पटकपटक अध्यक्ष पदका दावेदार सिंह र राय पक्षबीच विवाद तथा झडप भइसकेको छ।

No comments:

Post a Comment