Thursday, March 3, 2022

मधेश प्रदेशका पत्रकारहरुबाट संचार माध्यम र पत्रकार आचार संहिता निर्माण सम्बन्धी सुझाव संकलन गरियो



  


लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन १९

     मधेश प्रदेश अन्तर्गत मिडिया काउन्सिल जनकपुरघामको आयोजनामा संचार माध्यम र पत्रकार आचार संहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठी महोत्तरीको  बर्दिबासमा सम्पन्न भएको छ।

     प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहितालाई मूल आधार बनाएर सामान्य संशोधन एवं सम्पादन गरि मधेश प्रदेशका लागि तयार पारिएको संचार माध्यम र पत्रकार आचार संहिता मधेश प्रदेश २०७८ उपर पत्रकार र संचार माध्यमको प्रतिनिधिमूलक सहभागीताको आधारमा सुझाव संकलन गरि आचार संहिता निर्माण गर्दा प्राप्त सुझावहरुलाई आधार बनाएर मधेश प्रदेशको लागि आचार संहिता निर्माण गर्ने उदेश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको आयोजकले जानकारी दिए।

   मिडिया काउन्सिल मधेश प्रदेश अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षता तथा  आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा सर्लाही,महोत्तरी र धनुषा जिल्लाबाट आएका विभिन्न संचार गृहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

   बर्दिबास स्थित होटल विनायकमा सम्पन्न गोष्ठीमा काउन्सिल सदस्य रिंकु गायत्री मिश्रले मिडिया काउन्सिल मधेश मदेश प्रदेशले तयार पारेको मस्यौदा प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन काउन्सिल  सदस्य बन्दना झाले गरेका थिए।

No comments:

Post a Comment