Sunday, March 27, 2022

गोपाल सेवा समितिको केन्द्रीय अध्यक्षमा पुनः कौशल यादव निर्वाचित

 



===भारतीय बलिउड कलाकार राजपाल यादवलाई मलंगवामा ५६ किलोको फुलको मालाले स्वागत===


मनोज यादव----

सर्लाही,चैत १३ गते
   यादव अर्थात यदुवंशीहरुको छाता संगठन गोपाल सेवा समितिको  नवौं राष्ट्रिय महाधिवेशन सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट पुनः दोस्रोपटक लोकतान्त्रिक पद्धतिबाट  संविधान सभा सदस्य एवं मधेश प्रदेश सांसद  कौशल कुमार यादव निर्वाचित भएको छ।यादवको नेतृत्वमा १८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको समितिले जनाएको छ।
   नव निर्वाचित कार्यसमितिमा
वरिष्ठ उपाध्यक्ष बजरंग यादव,
उपाध्यक्ष रामायण यादव,उपेन्द्र यादव,श्याम नारायण यादव,सबित यादव
महासचिव शशि रंजन यादव ,
सचिव महेन्द्र राय यादव,
कोषाध्यक्ष जगदीश यादव तथा
सदस्यहरुमा रामकृष्ण यादव, तारकेश्वर प्र.यादव,रामकृष्ण यादव,चन्द्रमोहन यादव,सोभिता लाल यादव,प्रभाषचन्द्र भुरेर,माया शंकर यादव,शिवचन्द्र यादव,शेषनरायण यादव,र हरिनारायण यादव रहेको समितिले जानकारी दिएको छ।
    उक्त नवौं महाधिवेशनको सर्लाहीको सदरमुकाम मलंगवामा  केन्द्रीय अध्यक्ष यादवको अध्यक्षतामा आयोजित समारोहका बीच  प्रमुख अतिथि बलिउड कलाकार राजपाल यादवले गरेका थिए।


     मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा आयोजना भएको महाधिवेशनमा  मधेश प्रदेशका आठवटै जिल्लाका सहित काठमाडौ ,कपिलवस्तु लगायतका जिल्लाहरुबाट ठुलो संख्यामा यादव समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो।सर्लाही जिल्लामै पहिलो पटक कुनै प्रसिद्ध बलिउड कलाकार आएकोले सधै फिल्म र टिभीमा मात्र हेर्न पाएको राजपाल यादवलाई प्रत्यक्षरुपमा हेर्न र उहाँसँग फोटो खिचाउन सर्लाही  जिल्ला र छिमेकी भारतका विभिन्न ठाउँबाट हजारौं दर्शकहरु मलंगवा-२ कवर्डहल स्थित कार्यक्रम स्थलमा भेला भएका थिए।
  महाधिवेशनको उद्घाटन कार्यक्रममा समितिको आग्रहमा  प्रमुख अतिथिको रुपमा मलंगवा आउनु भएका बलिउड कलाकार राजपाल यादवलाई सर्लाहीबासी र समितिको तर्फबाट  ५६ किलोको फुलको माला पहिर्याएर सम्मान गरिएको थियो। कलाकार यादवले यादव कुलमा जन्म लिएकोमा आफुलाई गर्व महसुस भएको बताएका छन् ।यदुवंश बारेमा परिभाषा दिंदै उनले संसारमा भएका सबै बंशहरु मिलेर बनेको बंशलाई नै यदुबंश भनिएको भने।


    यादव समुदायको संरक्षण,हकहित र  अधिकार सुनिश्चित गराउन भन्दै  वि.स २०४८ साल मंसिर २५ गते तत्कालीन जनकपुर नगरपालिका र हालको मधेश प्रदेशको राजधानी  जनकपुरधाममा  गोपाल सेवा समितिको स्थापना गरिएको थियो ।

No comments:

Post a Comment