Sunday, March 27, 2022

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते

 





फोटो सौजन्य-राकेश यादव



लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत १३

     पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका स्थित फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

    आज बिहान(आइतबार)  बिरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले जानकारी दिए ।

   दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान भने खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक  अस्पताल मलंगवामा ल्याइएको छ भने  दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment