Monday, March 7, 2022

आड्रा र बागमती सेवा समाजद्वारा मधेश प्रदेशका चार जिल्लामा संचालित परियोजनाको विषयमा पत्रकारहरु बिच अन्तरक्रिया गरियो




लोकतन्त्र समाचारदाता---

सर्लाही,फाल्गुन २३

    आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा मधेश प्रदेशको सर्लाही, रौतहट, महोत्तरी र धनुषा जिल्लामा संचालित परियोजना covid 19 Vaccination and Emergancy Responce कार्यक्रम अन्तर्गत आज महोत्तरीको बर्दिबासमा पत्रकारहरु बिच अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको छ। बरिस्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रले सर्लाही,महोत्तरी,रौतहट र धनुषाका २६ जना पत्रकारहरु सँग covid 19 Vaccination and Emergancy Responce को विषयमा अन्तरक्रिया गरेका हुन।कार्यक्रममा कोभिड १९ ले संचार क्षेत्रमा पारेको असर र स्वास्थ्य सँग पत्रकारको अन्तर सम्बन्धको विषयमा समेत चर्चा गरिएको थियो।

   सोही अवसरमा बागमती सेवा समाजले कोभिड सम्बन्धी सचेतनामा पत्रकारिताको माध्यमबाट उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै महोत्तरीका पत्रकार विशाल बस्नेतलाई सम्मान समेत गरेको छ।

    सोमबार बर्दिबास स्थित गौतम होटलमा आयोजना भएको कार्यक्रममा आड्रा नेपालका डाक्टर  सुमन रावल,निर्मल कुशवाहा,बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की ,स्वास्थ्य संयोजक सुनिल कुमार साह लगायत सहभागी पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment